आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं- मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ। फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरूको समूह हो।

मिडिया अधिकार उल्लङ्घनका घटनामा दण्डहीनताको समस्यालाई नेपाल, दक्षिण एसिया, दक्षिणपूर्व एसिया र विश्वका धेरै देशले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भने, 'मिडियाले  स्वतन्त्र र निर्भिक रुपले काम गर्ने  वातावरण  बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक छ।' 

नेटवर्कमा मिडिया एक्सन नेपालको चयनबारे जानकारी दिँदै मिडिया एक्सन नेपाल व्यापक नागरिक समाज र मिडिया अधिकारको परिप्रेक्ष्य प्रस्तुत गर्दै कन्सल्टेटिभ नेटवर्कमार्फत मिडिया फ्रिडम कोलिसनलाई सहयोग प्रदान गर्न तयार रहेको बताए।  

२२ ओटा सदस्यहरू रहेको यस नेटवर्कमा  मिडिया एक्सन नेपालसँगै आर्टिकल १९,   कमिटि टु प्रोटेक्ट जर्नालिस्ट्स, डि डब्लु एकेडेमी, फ्री प्रेस अनलिमिटेड, आइफेक्स,  अन्तर्राष्ट्रिय पत्रकार  महासंघ, इन्टरनेसनल मिडिया सपोर्ट,  इन्टरन्युज युरोप, पाकिस्तान प्रेस फाउन्डेशन , पब्लिक मिडिया एलायन्स,  रिपोर्टरस बिदाउट फ्रन्टियर्स, कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, द गार्जियनलगायतका संस्था छन्।

मिडिया एक्सन नेपाल यस अन्तर्राष्ट्रिय नेटवर्कमा चयन हुने नेपालबाट  पहिलो र दक्षिण एसिया क्षेत्रबाट  प्रतिनिधित्व गर्ने दोस्रो संस्था हो। यो विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र प्रेसको क्षेत्रमा कार्यरत छ।


प्रकाशित: Jan 30, 2022| 17:50 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।