बुधबार, असार ३१, २०८३

प्रदेश-२ ले पेट्रोलियम पदार्थको मूल्य बढाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रदेश नम्बर दुईले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। उक्त प्रदेशले प्रतिलिटर पेट्रोलियम पदार्थमा २५ पैसा र सोही रुटमा चल्ने विभिन्न ट्यांकरमा ५ देखि १५ सय रुपैयाँसम्म शुल्क लिने प्रक्रिया अघि बढाएको हो। 

नेपाल आयल निगम(एनओसी)को निमित्त कार्यकारी निर्देशक सुसिल भट्टराईले प्रदेश नम्बर २ ले पेट्रोलियम पदार्थको भाउ बढाउने भन्दै निमलाई पत्र पठाएको बताए।
 
‘प्रतिलिटर पेट्रोलियम पदार्थमा २५ पैसा र उक्त रुडमा चल्ने पेट्रोल ढुवानी गर्ने प्रतिट्यांकरमा ५ देखि १५ सय रुपैयाँसम्म रकम उठाउने सम्बन्धको निगममा पत्र पठाएको छ,’उनले भने ‘त्यस सम्बन्धमा छलफल भइरहेको छ।’यदि उक्त प्रक्रिया कार्यान्वयनमा आए पेट्रोलियम पदार्थको मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने उनको भनाइ छ।

उनको अनुसार समान्यतया एउटा ट्यांकरले २० हजार लिटर पेट्रोलियम पदार्थ ढुवानी गर्ने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।