बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विकासमैत्री नीति नहुँदा विकासमा बाधा : अर्थमन्त्री शर्मा

विकासमैत्री नीति नहुँदा विकासमा बाधा : अर्थमन्त्री शर्मा

‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिको अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन्।’
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीति अभाव रहेको बताएका छन्। मन्त्रालयमा आइतबार अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताए।

‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिको अभाव देखिरहेको छ’, मन्त्री शर्माले भने, ‘यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन्।’

यसैगरी उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखापरेको बताए। सबै समस्याको जड राजनीति भएकाले दलहरूमा सहमतिको आवश्यकता रहेको उनको भनाइ छ।  

दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै नीति परिवर्तन गरिरहनुपर्ने अवस्था रहेको उले बताए। ‘अर्थतन्त्रमा देखिएका विभिन्न समस्याहरूको मूल समस्या भनेको राजनीतिक क्षेत्रको समस्या हो’, उनले भने, ‘नेपालको सन्दर्भमा संघीय लोकतान्त्रिक गणतन्त्रको मूल अर्थतनीति यो हो भन्ने कुराको स्पष्ट राजनीतिक खाका आवश्यक छ।’

मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिवद्धता पनि व्यक्त गरे।

छलफलमा विज्ञहरूले तथ्यांकका आधारमा मुलुकको अर्थतन्त्र धराशयी भइनसकेको बताए। यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपाय अवलम्बन गर्न उनीहरूले जोड दिए। छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रा. डा. विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको उपस्थिति थियो। त्यस्तै भारतका लागि नेपालका पूर्व राजदूत डा. दुर्गेशमान सिंह, अर्थ विश्लेषक हरि रोका, डा. रामकुमार फुयाललगायतको पनि उपस्थिति थियो।


प्रकाशित: Jan 30, 2022| 17:38 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्