आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कोरोना मापदण्ड उल्लंघन गरेको आरोपमा उजुरी

पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कोरोना मापदण्ड उल्लंघन गरेको आरोपमा उजुरी

कोरोना भाइरसको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– कोरोना भाइरसको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उजुरी परेको छ। कोराना भाइरस संक्रमित हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सहभागी भएर स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोप ओलीमाथि लगाइएको छ।

उजुरीकर्ताले ओलीलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्न माग गरेका छन्। अभिजित अधिकारी र वीरेन्द्र मडैले आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिएका हुन्।

ओली कोरोना संक्रमण भएको चौथो दिनमा सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो।

‘आफू कोरोना संक्रमित भई जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निजी केपी शर्मा ओलीलाई कानुनबमोजिम कारबाही गरिपाऊँ।’
कोरोना संक्रमित ओली एमाले भ्रातृ संगठन युवा संघले माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका हुन्। भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत नेताकार्यकर्ताको उपस्थिति थियो।
उजुरीमा उल्लेख छ, ‘आफू कोरोना संक्रमित भई जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरी संक्रामक रोग ऐन, २०२० विपरीत कार्य गरेकाले निजी केपी शर्मा ओलीलाई कानुनबमोजिम कारबाही गरिपाऊँ।’
प्रकाशित: Jan 30, 2022| 17:25 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।