आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुष्ठरोग निर्मूल पार्न एकजुट भएर लागौं : स्वास्थ्य राज्यमन्त्री खापुङ

कुष्ठरोग निर्मूल पार्न एकजुट भएर लागौं : स्वास्थ्य राज्यमन्त्री खापुङ

कुष्ठरोग निर्मूल पार्न सबैजना एकजुट भएर लाग्नुपर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले बताएका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– कुष्ठरोग निर्मूल पार्न सबैजना एकजुट भएर लाग्नुपर्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले बताएका छन्।

विश्व कुष्ठरोग दिवसको अवसरमा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा खापुङले कुष्ठरोग निर्मूल पार्न सम्बन्धित स्वास्थ्यका सबै निकाय एकजुट भएर लाग्नुपर्ने बताएका हुन्। 

कार्यक्रममा उनले स्वास्थ्यको ठूलो समस्याको रुपमा कुष्ठरोग रहेको  भन्दै खर्च गर्न नसक्नेहरु अस्पताल आएर फर्किने अवस्था नपरोस् भन्नका लागि यसको उपचार व्यवस्थापन हुनु जरुरी रहेको बताएका छन्। पहुँच बाहिर रहेका बिरामीको लागि सहज उपचारको व्यवस्थापन गर्नुपर्ने देखिएकोले सरकारले उपचारको पहुँच वृद्धि गर्नबारे सोच्न पर्नेमा उनले जोड दिएका छन्। 

‘कुष्ठरोगका लागि हाम्रो प्रतिवद्धता आत्सम्मानको लागि ऐक्यवद्धता’ भन्ने सन्देशसहित ६९ औंं कुष्ठरोग दिवस आइतबार मनाइँदै छ।

प्रकाशित: Jan 30, 2022| 15:33 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।