काठमाडौं– सेयर बजारमा आइतबार उछाल आएको छ। आज नेप्से परिसूचक १०५.५५ अंकले बढेको छ। यो वृद्धिसँगै सूचक २८८५.५३ अंकमा पुगेको छ।
आज ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। ६ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज २३१ कम्पनीको १ करोड २१ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्। खरिदबिक्री रकममा २६ करोड १५ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र एचआइडीसीएल रहेका छन्।