आइतबार, साउन ३१, २०८३

भाइरल तोरीबारीमा थामिनसक्नु भीड, प्रहरी परिचालन

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर केही दिनयता भाइरल बनेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर केही दिनयता भाइरल बनेको छ। आकर्षक तोरीबारीका कारण धेरै मानिस पुग्ने र फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्नाले उक्त ठाउँ भाइरल बनेको हो। 

मानिसको घुइँचो यति बढ्न थाल्यो कि भीड रोक्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आयो। अहिले भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले रत्नेचौरको पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो। कोरोना भाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीड नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी–१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए। उनका अनुसार शनिबार तोरीबारीमा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट प्रहरी टोली परिचालन गरिएको हो।

आजदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको छ। पहेंलो तोरीबारीको बीचमा कालोपत्रे गरिएको सडक आकर्षक देखिएपछि धेरै मानिस त्यहाँ पुग्न थालेका थिए।




प्रकाशित: Jan 30, 2022| 13:46 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।