आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भन्सार छलेर ल्या‍इएको डेढ करोडको मदिरासहित चार जना पक्राउ

भन्सार छलेर ल्या‍इएको डेढ करोडको मदिरासहित चार जना पक्राउ

प्रहरीले विदेशी ब्रान्डका रेड लेबल, ब्ल्याक लेबल, एब्सोल्युट भोड्का, चिभास रिगलका २८६ कार्टुनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– भन्सार छलेर ल्याइएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली सेनाका पूर्व हवल्दारदेखि भारतीय ब्रान्डका कपडा बिइङ ह्युमनका नेपाली बिक्रेतासमेत छन्।

भन्सार छलेको मदिरा बेचेको आरोपमा ३९ वर्षीय सन्तोषचन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायणप्रसाद घिमिरे पक्राउ परेका हुन्। घिमिरे नेपाली सेनाका पूर्वहवल्दार हुन्। सन्तोष दरबारमार्गस्थित कपडा सोरुम बिइङ ह्युमनका सञ्चालक हुन्।

उनीहरुले सीतापाइलामा सञ्चालन गरेको मदिरा गोदाममा छापा मारेर १ करोड ४१ लाख ६० हजार मूल्य बराबरको मदिरा बरामद गरिएको महाशाखाले बताएको छ।

'२९५ कार्टुन एब्सोल्युट भोड्का, रेड लेबल र ब्ल्याक लेबल बरामद गरिएको छ। आरोपितले यी मदिरा भारतबाट ल्याएको बताएका छन्,' महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले भने। 

महाशाखाले करिब ३ साताअघि नक्कली मदिरा कारोबार हुने गरेको सुराक पाएपछि अपरेसन सुरु गरेको थियो। सादा पोशाकका प्रहरीले पार्टीका लागि मदिरा आवश्यक परेको भनेर अर्डर गरेका थिए र केही रकम एडभान्स दिएर आरोपितहरुको निगरानी सुरु गरेका थिए।

अर्डर गरेअनुसार मदिरा छाड्न आएको गाडीलाई फलो गरेर महाशाखाको टिम गोदामसम्म पुगेको थियो। 'बजार मूल्यभन्दा १ हजार सस्तोमा उनीहरूले रेड लेबल दिने गरेको खुलेको छ,' महाशाखा प्रमुख एसएसपी बसन्तराज कुँवरले भने, 'हामी थप अनुसन्धान गरिरहेका छौँ। बरामद गरिएको मदिरा राजस्व अनुसन्धान विभागमा पठाएका छौँ।'

प्रकाशित: Jan 30, 2022| 12:34 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।