बुधबार, कात्तिक ४, २०८३

फरक कथा बोलेको गीत ‘मुना तिमी घर जाऊ’ रिलिज

विश्व गौडेलको शब्द रचनामा दीपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाऊ’को भिडियो सार्वजनिक भएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– विश्व गौडेलको शब्द रचनामा दीपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाऊ’को भिडियो सार्वजनिक भएको छ। चलनचल्तीको गीतभन्दा भिन्न लाग्ने यस गीतको भिडियो पनि गीतको कथा अनुसारकै रहेको छ।

गीत र भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटनालाई देखाएको छ। ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबि चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ। गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन्।

यस गीतको अडियो तथा भिडियो प्रोडक्सन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको छ। प्रोडक्नस टीममा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन्। प्रविन घिमिरेले छायांकन गरेका छन् भने बिनोद बमले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्। भिडियोमा गीतको अंग्रेजी सबटाइटाल पनि राखिएको छ। 


प्रकाशित: Jan 30, 2022| 11:58 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।