काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो।