काठमाडौं- कैलालीमा होटलभित्रै एक युवा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरस्थित गहतेगडा होटेलमा एक युवा मृत फेला परेका हुन्।
कैलालीको घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएको प्रहरीले जनाएको छ।
कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले डान माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएको बताएका छन्। शनिबार उनको शव ओछ्यानमै घोप्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।