धनगढी- कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-८ की ६५ वर्षीय महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार माघ १५ गते क्षयरोग सम्बन्धी बिरामी भई धनगढीस्थित कोरोना अस्पतालको आइसियूमा उपचार भइरहेको र सोही दिन पिसिआर रिपोर्ट पोजेटिभ भई थप उपचार भइरहेको अवस्थामा उनको आइतबार बिहान ७ बजे निधन भएको हो।