आइतबार, साउन ३१, २०८३

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसले गर्दा आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसले गर्दा आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ।

पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी भूभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: Jan 30, 2022| 07:23 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।