बुधबार, भदौ ३, २०८३

संसद् बैठक १० दिन पछि सर्‍यो

तिनिधिसभाको बैठक १० दिन पछि सरेको छ। १६ माघ (आइतबार) का लागि डाकिएको बैठक २६ माघलाई सरेको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं– प्रतिनिधिसभाको बैठक १० दिन पछि सरेको छ। १६ माघ (आइतबार) का लागि डाकिएको बैठक २६ माघलाई सरेको हो।

आज शनिबार बेलुका सूचना जारी गर्दै संघीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणको जोखिम यथावत् रहेको भन्दै भोलिको बैठक माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ। 

भोलि नै  सभामुख अग्निप्रिसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए। संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा एमालेको लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

संसद् बैठक स्थगित भए पनि कार्यव्यवस्था बैठकबारे भने संसद् सचिवालयले कुनै जानकारी दिएको छैन।



प्रकाशित: Jan 29, 2022| 20:47 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...