आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील छ : गृहमन्त्री खाण

विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्लाई विज्ञान र सीपको प्रयोग गरेर न्यूनीकरण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।

शनिबार भर्चुअल माध्यममा भएको विपद् न्यूनिकरणसम्बन्धी कार्यक्रममा गृहमन्त्री खाणले प्राकृतिक विपद्बाट नागरिकलाई बचाउन सबैको हातेमालो जरुरी रहेको बताए।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल माध्यमबाट जोडिएको कार्यक्रममा गृहमन्त्री खाणले पुर्खाले अवलम्वन गर्दै आएका परम्परागत सीपको प्रयोग विपद् जोखिम न्यूनीकरणमा लगाउनसमेत आग्रह गरे। गृहमन्त्री खाणले भवन निर्माणको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । पहाडमा जथाभावी खनेर बाटो बनाएका कारण जोखिम बढेको, नयाँ निर्माणले पुरानो संरचनामा जोखिम ल्याएकाले त्यसलाई कसरी घटाउने भन्नेबारेमा सरकार लागिरहेको बताए।

गरिब तथा अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन सक्रिय रुपमा लागिपर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री खाणले आग्रह गरे। उनले कोभिड–१९ बाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरे।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले पूर्वसूचना प्रणाली जस्ता नवीन प्रविधिहरूको प्रयोग विपद्को न्यूनिकरणमा लगाउन आवश्यक रहेको बताए। समयमै सानो सावधानी अपनाएमा ठूलो विपद्बाट जोगिन सक्ने उनको भनाइ थियो। 

कार्यक्रममा विपद् पूर्वसूचना प्रणाली तथा जोखिम न्यूनीकरणको क्षेत्रमा आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा संघसंस्था तथा विज्ञहरूले आ आफ्नो धारणा राखेका थिए।

प्रकाशित: Jan 29, 2022| 19:58 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।