बुधबार, भदौ ३, २०८३

चुनावको अन्योल अन्त्य भयो : ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय निर्वाचनको अन्योल अन्त्य भएको बताएका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय निर्वाचनको अन्योल अन्त्य भएको बताएका छन्। आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति सत्तारुढ गठबन्धनमा जुटेपछि ज्ञवालीको यस्तो प्रतिक्रिया आएको हो। 

विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योलमा राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको टिप्पणी ज्ञवालीले गरे। ‘औपचारिक रुपमा सरकारले निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जान्छ। केही दिन मुलुकलाई अन्योलमा राख्ने गलत काम भएको थियो, त्यो सफल भएन,’ ज्ञवालीले भने। चुनाव सार्ने बहाना उचित नभएको बताउँदै उनले थपे, ‘चुनाव सार्ने बहाना उचित थिएन। त्यो संवैधानिक र लोकतान्त्रिक पनि थिएन। गर्नुपर्ने कर्तव्य पूरा नगरेर छिद्रहरु खोज्दै निर्वाचन पर सार्ने विषय संविधानको मर्मविपरीत थियो।’

निर्वाचन आयोगको निरन्तरको ताकेता, एमालेलगायत विभिन्न दलहरुको खबरदारी, संविधानविद् र कानुन व्यवसायीहरुको ध्यानाकर्षण र राष्ट्रपतिबाट समेत भएको ध्यानाकर्षणका कारण गठबन्धन चुनाव गर्न बाध्य भएको उनको दाबी छ। चुनाव गराउन आवश्यक पर्ने कानुनी तथा प्रशासकीय व्यवस्थापनमा सघाउन एमाले तयार रहेको ज्ञवालीले बताए।

सत्तारुढ गठबन्धनका नेताहरुको शनिबार साँझ बसेको बैठकमा जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ। बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रियाअघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए।


यसअघि शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले संविधान र स्थानीय तहको निर्वाचन बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। 

प्रकाशित: Jan 29, 2022| 19:41 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...