मंगलबार, पुस १, २०८२

मुगुका मान्तेलाई काठमाडौंमा श्रीमतीको उपचार गराउन सकस

मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइ रहेका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

मुगु- मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ। उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइ रहेका छन्। 

National life

उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला परेका छन्। ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुग्नुभएका शाही आर्थिक समस्यामा बल्झिएका छन्। ऋण सापट गरि ल्याएको पैसा काठमाडौं जाँदा बाटोमै सकिएपछि  शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो।  

'पैसा छैन डाक्टरले यो औषधि किन्नु प¥यो त्यो औषधि किन्नु प¥यो भन्न थाल्छन्,' शाहीले फोनमा कुरा गर्दै भने, 'ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?' अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन्।  

काठमाडौं उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैंलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए। बिरामी श्रीमती बोकेर उहाँ गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगेका थिए। त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए। 

काठमाडौंमा छिटो र राम्रो उपचार हुन्छ भन्‍ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौं पुगेका हुन्। उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए। आर्थिक अभावले उहाँको उपचार कठिन बन्दै गएको छ। पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत छन्। बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन्। 

Laxmi sunrise bank
kumari

काठमाडौंमै लामो समयदेखि ज्यालादारी काम गर्दै आउनुभएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा रहेकी छन्। तर उनको पनि शाहीकै जस्तै अवस्था छ।  

आमाको अवस्था नाजुक हुँदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुगेका छन्। 'ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन,' बृजनले फोनमा भने। श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौं उपचार गर्न जाने भएका छन्। 


प्रकाशित: Jan 29, 2022| 22:00 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।