काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतबार १ बजेका लागि बोलाइएको छ। त्यसअघि बैठकका कार्यसूचीबारे छलफल गर्नका लागि ११ बजेपछि कार्यव्यवस्था पनि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जली, थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने रहेका छन्।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेले निरन्तर अवरोध गर्दै आएको छ। यसअघि प्रतिनिधिसभाको बैठक पुस ७ गते बसेको थियो। यसबीचमा कोरोना संक्रमणका कारण बैठक स्थगित गरिएको थियो।