बुधबार, जेठ २०, २०८३

तीन फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा सजाय पाई फरार रहेका अभियुक्तलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। 

National life

सुर्खेतको सिम्ता गाउँपालिका–४ का ६२ वर्षीय भद्रबहादुर सिंह, सोही गाउँपालिका–८ का ६६ वर्षीय कुशल खत्री र  सिम्ता–६ का ३७ वर्षीय करण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। 

सिंहलाई लागुऔषध गाँजा चरेस मुद्दामा अदालतले १० महिना १८ दिन कैद सजायको फैसला सुनाएको  थियो। खत्रीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत २०५१ असार ९ को फैसला आदेशले सात वर्ष कैद सजाय सुनाएको थियो।

त्यसैगरी नेपालीलाई सार्वजनिक मुद्दामा अदालतले रु ५०० जरिवानाको फैसला गरेको थियो। तीन अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए। 

प्रकाशित: Jan 29, 2022| 19:30 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।