बुधबार, भदौ ३, २०८३

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सत्तारुढ गठबन्धनको सहमति

सत्तारुढ गठबन्धनका नेताहरुबो शनिबार साँझ बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनका नेताहरुबो शनिबार साँझ बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ।

बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रियाअघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए।

यसअघि शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले संविधान र स्थानीय तहको निर्वाचन बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। 

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेको थियो। त्यसअघि निर्वाचन आयोगले पनि स्थानीय तहको मिति तोक्न‍ आग्रह गरेको थियो। 

प्रकाशित: Jan 29, 2022| 18:34 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...