शुक्रबार, कात्तिक २८, २०८२

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

चितवन- भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ। महानगरले विकासका काम तीव्रगतिमा भइरहेको जनाउँदै त्यसक्रममा दुर्घटना हुनसक्नेतर्फ सचेत गराएको हो।

National life

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले भौतिक पूर्वाधारका काम गर्नका लागि खनिएका खाल्डाखुल्डीमा दुर्घटना हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको बताए। 

सार्वजनिक स्थानमा विकास निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीमा परी जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको उनको भनाइ छ।

विकास निर्माणस्थलमा सवारीसाधनको आवतजावत, पैदलयात्रीलगायत बालबालिकाले हिँडडुल गर्दा विशेष सावधानी अपनाउन महानगवासी, टोल विकास संस्थालगायत निर्माणकार्यसँग सम्बन्ध राख्ने सबैलाई आग्रह गरिएको छ। निर्माण व्यवसायीले काम गर्दा सुरक्षाका उपाय अपनाउन, खाल्डाखुल्डी शीघ्ररूपमा पुर्न, सूचना-सावधानी बोर्ड अनिवार्य राख्न, अँध्यारो स्थानमा उज्यालोको व्यवस्था गर्न, आपसी समन्वयन गरेर प्रचलित कानुनी प्रावधानको पालना गरी दुर्घटना कम हुने गरी काम गर्न महानगरले आग्रह गरेको छ।

भरतपुर महानगरपालिका–१२ स्थित निर्माणाधीन नालीमा खसेर एक जनाको मृत्यु भएको छ भने वडा नं ९ को गोन्द्राङमा हालै निर्माणाधीन सडकको नालीमा फसेर एकस्गिे गैंडा मरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 29, 2022| 22:25 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।