बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • पर्साको जनसङ्ख्या ०.७४ प्रतिशतले वृद्धि भएर ६ लाख ४९ हजार पुग्‍यो

पर्साको जनसङ्ख्या ०.७४ प्रतिशतले वृद्धि भएर ६ लाख ४९ हजार पुग्‍यो

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ। यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक हजार १७ रहेको थियो। जिल्लामा ०.७४ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्यांकले देखाएको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

पर्सा- राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार पर्साको जनसङ्ख्या ६ लाख ४९ हजार ३९७ पुगेको छ। 

National life

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ। यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक हजार १७ रहेको थियो। जिल्लामा ०.७४ प्रतिशतको दरले जनसङ्ख्या वृद्धि भएको तथ्यांकले देखाएको छ। 

जिल्लामा महिलाको जनसङ्ख्यामा कमी आएको छ। मुलुकभर महिलाको सङ्ख्या बढे पनि पर्सामा महिलाको जनसङ्ख्या कम रहेको छ। पर्सामा पुरूषको सङ्ख्या तीन लाख ३४ हजार ९१९ तथा महिलाको सङ्ख्या तीन लाख १४ हजार ४७८ रहेको छ। पुरूषभन्दा महिलाको जनसङ्ख्या २० हजार ४४१ कम रहेको छ।

 राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक प्रतिवेदनमा वीरगञ्ज महानगरपलिकाको दुई लाख ७८ हजार २७३ जनसङ्ख्या रहेको छ। महानगरमा एक लाख ३९ हजार ८४२ पुरुष र एक लाख २८ हजार ४२४ महिला छन्। महानगरपालिकामा ४७ हजार २१८ परिवारको बसोबास रहेको तथ्यांकले देखाएको छ। 

तथ्यांकअनुसार कालिकामाई गाउँपालिकामा २३ हजार ४७०, ठोरी गाउँपालिकामा १७ हजार ४९४, पकाहामैनपुर गाउँपालिकामा २२ हजार ९५७, धोबिनी गाउँपालिकामा २२ हजार ७४६ तथा छिपहरमाई गाउँपालिकामा २६ हजार ७४२ जनसङ्ख्या छ।

Shivam cement

यसैगरी, पटेर्वासुगौली गाउँपालिकामा २५ हजार ५०८, जगरनाथपुर गाउँपालिकामा ३२ हजार सात, बिन्ध्यवासिनी गाउँपालिकामा  २४ हजार ४६६, जीराभवानी गाउँपालिकामा  २२ हजार ६०२, सखुवाप्रसौनी गाउँपालिकामा ३५ हजार ७१२, पोखरिया नगरपालिकामा ३८ हजार ९८५, पर्सागढी नगरपालिकामा ४१ हजार ४७७ तथा बहुदरमाई नगरपालिकाको ४३ हजार ७८० जनसङ्ख्या छ। 

प्रकाशित: Jan 29, 2022| 20:40 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।