मंगलबार, पुस १, २०८२

जुम्लाको जनसंख्या १० वर्षमा १० हजार वृद्धि

जुम्ला राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

खलंगा- जुम्ला राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लामा एक दशकमा १० हजार ४५६ जनसङ्ख्या वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.८८ प्रतिशत रहेको छ। 

National life

राष्ट्रिय जनगणना, २०७८ अनुसार जुम्लाको जनसङ्ख्या एक लाख १९ हजार ३७७ रहेको छ। विसं २०६८ मा जुम्लाको जनसङ्ख्या एक लाख आठ हजार ९२१ रहेको थियो। जिल्लामा एक नगरपालिका र सात गाउँपालिका छन्। आठ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या चन्दननाथ नगरपालिकाको रहेको छ। सबैभन्दा कम जनसङ्ख्या गुठीचौर गाउँपालिकाको रहेको छ।

चन्दननाथ नगरपालिकाको जनसङ्ख्या २० हजार ९७३ रहेको छ। त्यहाँ पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन्। नगरपालिकाभित्र पाँच हजार ३६७ परिवार संख्या छ। यस्तै गुठीचौर गाउँपालिकाको जनसङ्ख्या १० हजार ८९१ रहेको छ। त्यहाँ पुरुष पाँच हजार ३४४ र महिला पाँच हजार ५४७ छन्। गुठीचौरको परिवार सङ्ख्या दुई हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालयले जनाएको छ।

यस्तै हिमा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ८०४ छ। पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ छन्। त्यहाँको परिवार सङ्ख्या दुई हजार १०४ रहेको छ। कनकासुन्दरी गाउँपालिकाको जनसङ्ख्या १३ हजार ६८७ छ। पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन्।

पातारासी गाउँपालिकाको जनसङ्ख्या १६ हजार ८८१ छ। पुरुष आठ हजार ३४९ र महिला आठ हजार ५३२ छन्। पातारासीको परिवार सङ्ख्या तीन हजार ३७४ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ। सिञ्जा गाउँपालिकाको जनसङ्ख्या १२ हजार ७५५ छ। पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन्। सिञ्जामा परिवार सङ्ख्या दुई हजार ४२७ रहेको छ।

Laxmi sunrise bank
kumari

यस्तै तातोपानी गाउँपालिकाको जनसङ्ख्या १५ हजार ७२१ रहेको छ। पुरुष सात हजार ७२८ र महिला सात हजार ९९३ छन्। परिवार सङ्ख्या तीन हजार ३२१ रहेको छ। तिला गाउँपालिकाको जनसङ्ख्या १४ हजार ६९२ छ। पुरुष सात हजार २६१ र महिला सात हजार ४३१ छन्। परिवार सङ्ख्या दुई हजार ६६६ रहेको छ।  

प्रकाशित: Jan 29, 2022| 21:40 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।