बुधबार, भदौ ३, २०८३

चुनावको मिति तय गर्न फेरि सुरु भयो सत्तासाझेदार दलको बैठक

स्थानीय तहको निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ।

शनिबार बिहानको बैठक निष्कर्षमा पुग्‍न नसकेपछि अपराह्नका निम्ति पुनः निर्धारण गरिएको बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताहरूको उपस्थिति छ। 

पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेकाले जनमोर्चाका प्रतिनिधि बैठकमा अनुपस्थित भएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ। 

यसअघि शनिबार बसेको बैठकमा कानुन संशोधन गरेर वैशाखमै भए पनि चुनावमा जान सकिने विषयमा छलफल भएको थियो। त्यसैगरी राष्ट्रपतिले विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई समयमै स्थानीय तहको निर्वाचन गर्न दबाब दिएकी थिइन्। 

प्रकाशित: Jan 29, 2022| 17:14 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...