आइतबार, साउन ३१, २०८३

सवारी दुर्घटनामा बालिकाको मृत्यु

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

झापा- कनकाई नगरपालिका-७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन्। 

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन्।

उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। 

प्रकाशित: Jan 29, 2022| 16:05 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।