आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग चिकित्सक संघको माग

गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी चढेको गाडीमा आक्रमणमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

संघले शनिबार विज्ञप्ती जारी गर्दै गिरीमाथि आक्रमण गर्ने समूहको पहिचान गरि कारबाही गर्न माग गरेको हो। बिहीबार गिरीलाई लक्षित गरी उनी सवार गाडीमा आक्रमण गरिएको थियो।

‘चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो कोही व्यक्ति वा समूहको अबिलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानून बमोजिम कारबाही गर्न नेपाल चिकित्सक संघ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ,’ जारी विज्ञप्तीमा भनिएको छ।

प्रकाशित: Jan 29, 2022| 14:25 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।