बझाङ- बझाङमा एक चितुवा फेला परेको छ। बुँगल नगरपालिका-४ को रम्तेली गाँउनजिकै चितुवा मृत अवस्थामा फेला परेको हो।
स्थानीयका अनुसार चितुवालाई गोली लागेको अवस्थामा मृत फेला परेको हो। चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।