बुधबार, भदौ ३, २०८३

गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ : रामचन्द्र पौडेल

सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास दिनुपर्ने बताएका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास दिनुपर्ने बताएका छन्। मुलुकमा जारी राजनीतिक गतिरोधको निकास तत्काल दिन नसके सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न उठ्ने उनको चिन्ता छ।

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठकमा पौडेलले  भने, 'तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्छ। त्यसैले बेलैमा सचेत हौं।'

संसदबाट एउटा कानुन पनि पास गराउन सक्ने अवस्थामा सरकार नरहनु चिन्ताको विषय भएको उनले बताएका छन्। 

'संसद चलेको छैन। सर्वोच्च अदालतमा गतिरोध कायमै छ। राष्ट्रिय महत्त्वका विषयमा गतिरोध छ। कानुन संशोधन गर्नसमेत सरकारले सकिरहेको छैन। यो गतिरोध धेरै दिन लम्बिनु हुँदैन,' उनले भने ।

प्रकाशित: Jan 29, 2022| 13:50 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...