बुधबार, भदौ ३, २०८३

एमालेको सूर्यमा विस्तारै ग्रहण लाग्दैछ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको सूर्यमा विस्तारै ग्रहण लाग्ने टिप्पणी गरेका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको सूर्यमा विस्तारै ग्रहण लाग्ने टिप्पणी गरेका छन्। राष्ट्रियसभा उपचुनावमा नेकपा एसका उम्मेदवारले जितेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष नेपालले एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्ने बताएका हुन्।

राष्ट्रियसभा चुनावमा गठबन्धनका तर्फबाट उठेका प्रायः सबै उम्मेदवारले जितेको बताउँदै उनले आगामी दिनमा आफूहरूको चुनाव चिह्न कलम चम्कँदै जाने र सूर्य कमजोर हुँदै जाने बताएका छन्।

आफूहरूको मुख्य चुनौती एमाले नामको केपी गुट भएको उनले बताए। उनले उक्त गुटविरुद्ध पार्टी कार्यकर्तालाई  सशक्तरुपमा उत्रन आग्रह गरेका छन्। 

नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'राष्ट्रिय चुनावमा एमालेले पैसाको खोलो बगायो। तर, जति पैसा खन्याए पनि जित हाम्रै भयो। आगामी दिनमा पनि त्यस प्रवृत्तिविरुद्ध लड्न जरुरी छ। हामीले सशक्त प्रतिकार गर्न आवश्यक  छ’, उनले भने।

कर्मचारीलाई कुनै पनि धम्कीसँग नडराइ निर्धक्कसँग काम गर्न आग्रह गरेका छन्।

प्रकाशित: Jan 29, 2022| 13:40 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...