आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महमा अखाद्य तत्त्व मिसाई व्यवसाय गर्नेलाई कारबाहीको माग

महमा अखाद्य तत्त्व मिसाई व्यवसाय गर्नेलाई कारबाहीको माग

सिआइबीले काठमाडौं महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अखाद्य तत्व मिसाई मह भनी अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भइ वास्तविक महको कारोवार गर्ने व्यवसायीलाई उत्साहित गरेको संघले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको कारवाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी संघले स्वागत गरेको छ। 

सिआइबीले काठमाडौं महानगरपालिका–२७ ज्याठामा मह व्यवसायको नाममा एक व्यवसायीले अखाद्य तत्व मिसाई मह भनी अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भइ वास्तविक महको कारोवार गर्ने व्यवसायीलाई उत्साहित गरेको संघले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ। व्यवसायको नाममा उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने अपराधीलाई कानूनको कठघरामा उभ्याई सजाय दिलाउनसमेत संघले विज्ञप्तिमार्फत माग गरेको छ। 

आर्थिक उपार्जन, रोजगारी सिर्जना, जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्‍याई एग्रीकल्चर, हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्थागत गर्दै लैजाने सरकारको लक्ष्यलाई यस्ता गलत क्रियाकलाप र प्रचारले असर पर्ने भएकाले सबैले गम्भीर हुनुपर्नेमा पनि संघले आग्रह गरेको छ।  

महको गुण र फाइदाबारे सही जानकारी दिनु पर्नेमा सो विषयलाई लिएर केही सञ्चार माध्यमले नकारात्मक प्रचारप्रसार गरेको हुँदा त्यसले मौरी र मह व्यवसायी, व्यवसायमा संलग्न कृषक र उपभोक्तामा पर्न गएको भ्रमप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा केही सञ्चार माध्यममा महबाट क्यान्सर समेत हुन्छ भनी भ्रमपूर्ण समाचार प्रचारप्रसार हुनु दुःखद् कुरा भएको भन्दै यस्ता भ्रामक र नकारात्मक प्रचारले सिङ्गो मौरीपालन व्यवसाय, मह व्यवसायी र यसमा संलग्न कृषकलाई धक्का पुगी उपभोक्तामा मह सेवन गर्न नै शङ्का उत्पन्न भएकामा चिन्ता व्यक्त गरिएको छ। 

गुणस्तरीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न र गलत क्रियाकलाप गर्नेमाथि कडा कारवाहीको माग गर्दै संघले कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्रराय यादवसहित मन्त्रालयका सचिव तथा कृषि विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ज्ञापनपत्र दिएको छ।

ज्ञापनपत्रमा कृषकको ठूलो लगानी रहेको मौरीपालन व्यवसायलाई धरासाही हुनुबाट जोगाउन, बजारमा बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी बिक्री वितरण रोक्न, गुणस्तरीय मह उत्पादन गर्ने र लेबललाई अध्यावधिक गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न तथा उपभोक्तामा गुणस्तरीय मह पहिचान गरी मह सेवन गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ। रासस

प्रकाशित: Jan 29, 2022| 12:41 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।