वीरगञ्ज- ८१ किलो गांजासहित चार जना प्रकाउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लास्थित बहुदरमाई नगरपालिका-९ विश्रामपुर बस्ने ६० वर्षीय गणेश साह कलवार र उनका छोरा ३४ वर्षीय सन्तोष साह कलवार रहेको प्रहरीले जनाएको छ।
उनीहरूलाई आफ्नै घरमा लागूऔषध गाँजाको विक्री वितरण गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सूचना पाए लगत्तै अभियुक्तको घरमा खानतलासी गर्दा घरको कोठाको खाटमुनी लुकाइ छिपाई राखिएको अवस्थामा ७४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
जिल्लाकै विन्दावासिनी गाउपालिका-४ अमरपट्टीबाट झौवा जाने बाटोमा पनि दुईजना लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई शंकास्पदरूपमा हिडीरहेका पाइएपछि चेक जाँच गर्दा लागूऔषध फेला परेको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउपालिका–१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारी जिल्लाको भेलाही थाना १ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन्। उनीहरूले बोकेको झोला जाँच गर्दा ७ किलो लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साले जानएको छ।