बुधबार, भदौ ३, २०८३

एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्ने भएको छ। बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्ने भएको छ। बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

उनका अनुसार दुई वटा एजेण्डामा बैठकमा छलफल हुने छ। स्थानीय निर्वाचन समयमै गराउन दवाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने विषयमा बैठकमा छलफल हुने उनले बताए।

उनका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिलालगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन्। 

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन्।

प्रकाशित: Jan 29, 2022| 09:25 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...