आइतबार, साउन ३१, २०८३

आजदेखि पाँच दिन विद्यालय खुल्ने

विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आजदेखि पाँच दिन विद्यालय खुल्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मंगलबार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो। सोही अनुरुप आजदेखि पाँच दिनसम्मका लागि स्कुल खुल्ने भएका छन्।

पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन मन्त्रालयले स्कुलहरूलाई आग्रह गरेको छ। खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी गरेको छ। 

कोरोना संक्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड-१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ।

प्रकाशित: Jan 29, 2022| 09:01 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।