बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धनको बैठक बस्दै

पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक-पटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको छैन। सोही विषयमा छलफल गर्न गठबन्धनले बैठक बिहान ९ बजेका लागि बोलाएको छ।

केही दिन अगाडि स्थानीय तह निर्वाचनलाई पछि सार्न कानुन संशोधन गर्नुपर्ने विषयमा पनि सत्तारुढ नेताहरूबीचमा छलफल भएको थियो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो। 

माओवादी केन्द्र र एकीकृत समाजवादी पहिले संघको निर्वाचन र त्यसपछि स्थानीय तहको निर्वाचनको पक्षमा छन्। माओवादी र एकीकृत समाजवादीको अडानका कारण सरकारले यस विषयमा निर्णय गर्न सकेको छैन। प्रमुख प्रतिपक्षी दल एमाले पनि  निर्वाचन सार्न नहुने अडानमा छ।

प्रकाशित: Jan 29, 2022| 08:22 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...