आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य दोषि अस्पताल'

'पत्रकार एलबी विश्वकर्माको मुत्युको मुख्य दोषि अस्पताल'

टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ। 

नेपाल पत्रकार महासङ्घले घटनाको अध्ययन गर्न महासङ्घको केन्द्रीय सदस्य रामकृष्ण अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो। उक्त समितिको अध्ययन निश्कर्षले अस्पतालको लापरबाही नै मृत्युको पहिलो कारण रहको जानकारी गराएको छ।  

नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित उक्त अस्पताल प्रशासन सेवाग्राही मैत्री नहुनुको परिणामले पत्रकार विश्वकर्माको निधन भएको अध्ययन समितिद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। महासङ्घले अग्रपङ्क्तिमा रहेर खटिरहेका पत्रकारको स्वास्थ्य उपचारका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्छ। 

सर्वोच्च अदालतले कोभिड-१९ बाट संक्रमित नागरिकको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्न २०७७ असोज १५ गते आदेशसमेत जारी गरेको सन्दर्भमा महामारीका बेला सबै नागरिकको स्वास्थ्य उपचार निःशुल्क गर्ने व्यवस्था गर्न महासंघ सरकारसँग आग्रह गर्दछ। 

सरकारले सरकारी अस्पतालमा पटकपटक पत्रकारको निःशुल्क उपचार हुने भनी गरेको घोषणाको व्यावहारिक कार्यान्वयन गर्नतर्फ ध्यान दिन पनि महासंघ सरकारसँग आग्रह गर्छ। यस प्रकरणको निस्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालको जिम्मेवारी र कर्तव्य हुने महासङघको ठहर छ। 

टिभी टुडेसहित सञ्चार प्रतिष्ठानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आफ्ना कर्मचारी पत्रकारलाई समाहित गर्न, न्यूनतम पारिश्रमिक लागू गर्न, समयानुकूल पारिश्रमिक पुनरावलोकन गर्न र श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेअनुसार सेवा सुविधाको ग्यारेन्टी गर्न, कार्यस्थललाई स्वास्थ्यमैत्री बनाउन महासंघको माग छ।   

स्व पत्रकार विश्वकर्माको परिवारलाई तत्काल राहतस्वरुप ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ। भविष्यमा पर्न आउने समस्याका लागि थप योगदान र सक्रियताका लागि प्रतिबद्ध रहेको विज्ञप्तिमा भनिएको छ। 

मृतक पत्रकार विश्वकर्मासँग आश्रित परिवार (श्रीमती र साढे तीन वर्षको छोरा) को हेर विचारका लागि श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र बच्चाको उच्च शिक्षासम्मको पढाइको जिम्मेवारी लिनका लागि उनी कार्यरत रहेको सञ्चार गृह र सम्बन्धित पक्षलाई महासंघ आग्रह गर्छ। 

पत्रकार विश्वकर्माको जीवन बचाउने सन्दर्भमा कुनै पनि भूमिका खेल्नबाट वञ्चित भएकोमा महासंघ दुःखी छ। यदी कुनै सञ्चारकर्मीलाई पेशागत सुरक्षा, भौतिक सुरक्षादेखि स्वास्थ्य सुरक्षासम्मका विषयमा केही कुनै समस्या छ भने पत्रकार महासंघको सम्पर्कमा आउन पनि महासंघको आग्रह छ। पत्रकार महासंघ विश्वकर्माको यहीँ माघ ६ गते बिहान मृत्यु भएको हो।

प्रकाशित: Jan 29, 2022| 07:25 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।