आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यालय समयमा अध्यागमनका कर्मचारीले मोबाइल प्रयोग गर्न नपाउने

कार्यालय समयमा अध्यागमनका कर्मचारीले मोबाइल प्रयोग गर्न नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने भएका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने भएका छन्। 

प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले शुक्रबार सूचना जारी गर्दै अध्यागमनका कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाइएको जनाएका हुन्।

कर्मचारीहरूले अब डियुटीका बेला मोबाइल साथमा समेत राख्न पाउने छैनन्। कार्यालय आएसँगै आ-आफ्नो फोन लकरमा राख्न अध्यागमन विभागले निर्देशन दिएको छ। यद्यपि, आवश्यक परेका बेला ल्याण्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ।



प्रकाशित: Jan 29, 2022| 06:38 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।