आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'अपत्यारिलो अभियोग' लागेका रायभरलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

'अपत्यारिलो अभियोग' लागेका रायभरलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

'अपत्यारिलो अभियोग' लगाएर पुर्पक्षका लागि कारगार पठाइएका एक युवालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं– 'अपत्यारिलो अभियोग' लगाएर पुर्पक्षका लागि कारगार पठाइएका एक युवालाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

२८ करोड रुपैयाँ राजस्व छली गरेको अभियोग लगाएर उमाशंकर रायभरलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनको नागरिकता दुरुपयोग गर्दै कम्पनी खडा गरी राजस्व छली भएको थियो। 

यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो। तर उक्त रकम बुझाउन नसकेपछि उनी थुनामुक्त हुन सकेका थिएनन्। पाटनको उक्त आदेश बदर गर्दै सर्वोच्चले २५ हजार कायम गरिदिएको हो। 

फागुन १९ देखि ललितपुरको नख्खु कारागार चलान भएका थिए। 

बाराको परवानीपुर–१ मा ऐलानी जग्गामा झुप्रो मात्र बनाउन सकेका उनले यति ठूलो रकम छली गर्न 'असम्भव' भएको तर अदालत र राजस्व अनुसन्धान विभागको कमजोरीका कारण मुद्दा चलाइएको भन्दै विरोध भएको थियो। 

प्रकाशित: Jan 28, 2022| 18:38 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।