आइतबार, साउन ३१, २०८३

४० क्‍विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

यहाँको पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- संकलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। 

यहाँको  पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। 

'जाँचका क्रममा संकलन पुर्जी भेटिएको छैन,' जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, 'दुवै ट्र्याक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ।'

पातारासी गाउँपालिका–७ बस्‍ने टेकेन्द्र बुढा र असल कठायतले ट्र्याक्टर चलाइरहेको अवस्थामा जडीबुटी नियन्त्रणमा लगिएको उनको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका आुसार संकलन पुर्जी तथा छुट पुर्जी विना लैजाँदै गरेको अवस्थामा प्रहरीले ४० क्विन्टल सेतक चिनी जडीबुटी नियन्त्रणमा लिएको छ। चालकसहित दुवै ट्र्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाइएको छ। 

प्रकाशित: Jan 28, 2022| 22:35 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।