बुधबार, भदौ ३, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा को-को अटाए?

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ‍३७ सदस्यीय समिति गठन गरेको हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ‍३७ सदस्यीय समिति गठन गरेको हो।

कांग्रेसमा हाल १३ जना पदाधिकारी छन्। कोषाध्यक्ष र प्रवक्ताको टुंगो लागेको छैन। प्रवक्तालाई पनि पदाधिकारीकै हैसियत दिइएको छ। यसरी कांग्रेसमा १५ जना पदाधिकारी पुग्नेछन्। 

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ्ग, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा सदस्य बनेका छन्।  यस्तै सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्गदेम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्रि पाण्डे र जीवन परियार पदेन सदस्य रहेका छन्। सबै पदाधिकारी कार्य सम्पादन समितिमा पदेन सदस्य हुने व्यवस्था छ। 

कार्यसम्पादन समितिमा पूर्वपदाधिकारीहरू सबैको नाम परेको छ। नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी डा. प्रकाशशरण महत, सुनीलबहादुर थापा कार्यसम्पादन समिति सदस्य छानिएका छन्। 

यस्तै डा. शेखर कोइराला पनि कार्यसम्पादन समितिमा छानिएका छन्। कोइराला १४औँ महाधिवेशनमा सभापति देउवाका निकटतम प्रतिस्पर्धी हुन्। 

छानिएका सम्पादन समिति सदस्यमा बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना पनि अटाएका छन्। 

प्रकाशित: Jan 28, 2022| 16:14 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...