आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामाजिक सुरक्षा भत्ता चोरीको आरोपमा वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक सुरक्षा भत्ता चोरीको आरोपमा वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व रकम चोरीको आरोपमा एक जना वडासचिव सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व रकम चोरीको आरोपमा एक जना वडासचिव सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शुक्रबार अख्तियारले विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-२ वडा कार्यालयका वडा सचिव सरिता राउत कार्यालयका सहायक रामकुमार गिरि र निलप्रसाद मिश्र छन्। उनीसहित तीन जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। 

सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम वडा कार्यालयबाट २०७७ चैत २४ गते राती शंकास्पद रुपमा हराएको थियो। राउतले र गिरीले बैङ्कबाट लिएर आएको रकम राखिएको दराज नफोरिकन हराएको थियो। उनीहरूले सुरक्षा निकायलाई जानकारीसमेत नगराएको बताइएको छ। 

उनीहरूले सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बिगो रकम र बिगो बराबर जरिवाना मागदाबी गर्दै मुद्दा दायर गरिएको हो। 


प्रकाशित: Jan 28, 2022| 15:26 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।