आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नग्न भिडियो मागेर महिलालाई 'ब्ल्याकमेल', विदेशबाट फर्कंदा विमानस्थलमै पक्राउ

नग्न भिडियो मागेर महिलालाई 'ब्ल्याकमेल', विदेशबाट फर्कंदा विमानस्थलमै पक्राउ

फेसबुकमा साथी बनाएर महिलालाई ब्ल्याकमेल गर्ने युवा विदेशबाट फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- फेसबुकमा साथी बनाएर महिलालाई ब्ल्याकमेल गर्ने युवा विदेशबाट फर्कने क्रममा विमानस्थलमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका-७ सिस्नेरीका ३१ वर्षीय मुक्ति भनिने मुक्तिनाथ खनाल छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई शुक्रबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। वैदेशिक रोजगारमा रहँदा फेसबुकमा साथी बनाएर महिलालाई उनले ब्याकमेल गरेको आरोप लागेको छ।

म्यासेन्जरमा सन्देश पठाएर ललाइफकाई, धाकधम्की, डरत्रास र प्रलोभनमा पारी उनले महिलाको नग्न तस्बिर र भीडियो मागेर हैरानी पारेका थिए। भिडियो प्राप्त भएपछि आफन्तलाई सार्वजनिक गरी दिने भन्दै उनले महिलालाई ब्ल्याकमेल गरेका थिए। 

यही आरोपमा विद्युतीय कारोबार कसुरमा मुद्दा दर्ता भइसकेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिएका छन्। 

प्रकाशित: Jan 28, 2022| 14:52 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।