आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्वतारोहण संघद्वारा कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

पर्वतारोहण संघद्वारा कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण

जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका-२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- नेपाल पर्वतारोहण संघले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ। जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका-२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो। 

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिए। दक्षिणकाली नगरपालिका-२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामालगायत  संघका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गरेका थिए। 

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुसी व्यक्त गरेका थिए।  फाउन्डेसन र संघले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिए। संघका अध्यक्ष लामाले 'द निप्पोन फाउन्डेसन'को सहयोगले  जाडो मौसममा केही सहयोग पुर्‍याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिए।  

जुममार्फत कार्यक्रममा सहभागी भएका  फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने बताए।

प्रकाशित: Jan 28, 2022| 12:30 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।