काठमाडौं– नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाललाई नियुक्त गरेको छ।
पार्टी उपसभापति तथा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीको विधान २०१७ को दफा ३६ तथा नियमावली २०६८ को नियम २७ र २८ बमोजिम दाहाललाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाइएको छ।
विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल ३४ वर्षदेखि प्राध्यापनमा संलग्न छन्। २०३१सालदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार हुन्। ०४१ देखि ०५६ सम्म पार्टीको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम गरेका थिए। रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचार सञ्चालन गरेर लोकप्रिय भएका दाहाल विभिन्न छापा माध्यममा स्तम्भकार पनि हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४