बुधबार, भदौ ३, २०८३

बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो। बैठकमा हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन तथा यसै वर्ष हुनुपर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचनबारे छलफल भएको थियो।

निर्वाचन आयोगले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै चाँडोभन्दा चाँडो मिति तोक्न आग्रह गर्दै आएको छ।

सत्ता गठबन्धनले वैशाखमा हुनुपर्ने निर्वाचनलाई पर धकेल्ने प्रयास गरिरहेको छ। स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने योजनामा गठबन्धन छ। ऐनमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ। तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको छ। ऐनलाई संशोधन गरेर संविधान अनुसार बनाउने तयारी गठबन्धनले गरिरहेको छ।


प्रकाशित: Jan 28, 2022| 11:51 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...