आइतबार, साउन ३१, २०८३

पर्वत र बागलुङको सिमानामा प्रहरी पोस्ट स्थापना

पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

पर्वत- बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी पोष्ट स्थापना गरिएको छ। पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो। 

बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले उक्त स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

दुवैतर्फका राजमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी पोष्टले ठूलो भूमिका खेल्ने बुढाथोकीले बताए।

अस्थायी प्रहरी पोष्टको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुभारम्भ गरेका हुन्। उनले यो पोष्टबाट चौबीसै घण्टा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गरे। प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रशासन शाखाको यही माघ ५ गते र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्यशाखाको माघ ६ गतेको पत्रको आदेशानुसार अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

कुश्मा–१ का कार्यवाहक वडाध्यक्ष वीरेन्द्र रिजालले लामो समयदेखि माग गर्दै आएको प्रहरी पोष्टको माग पूरा भएको बताएका छन्। उनले दुई जिल्लाको सिमानामा हुने गैरकानुनी क्रियाकलाप र राजमार्गको सुरक्षाका लागि यसको ठूलो महत्व रहेको बताए। रासस

प्रकाशित: Jan 28, 2022| 09:16 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।