काठमाडौं- पोर्चुगलमा एक नेपाली युवकले आत्महत्या गरेका छन्। विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलले जनाएको छ।
संघका महासचिव राजकुमार थापाले ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेको बताएका छन्।
आफू बस्दै आएको घरभन्दा केही पर रुखमा डोरी झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको थापाले बताए।
कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए। उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा कार्यरत थिए।