आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि सार्वजनिक शिक्षा सुधारछौं : शिक्षा मन्त्री

निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि सार्वजनिक शिक्षा सुधारछौं : शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्। 

कोराना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग बिहीबार सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए।

मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिए। छलफलमा निजी क्षेत्रका प्रतिनिधिले हाल बन्द विद्यालय खोल्न दिन माग गरेका छन्। 

प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै यही माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी लगानीका विद्यालयले गरेका राम्रा कामको मूल्याङ्कन गर्दै सरकारी सेवा सुविधामा विभेद नगर्न आग्रह गरे। 

नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरू ऋण गरेर विद्यालय चलाउन बाध्य भएकाले सरकारले सहुलित दिनुपर्ने माग गरे।

प्रकाशित: Jan 28, 2022| 08:15 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।