आइतबार, साउन ३१, २०८३

कोरोना त्रासले त्रिवि डिन कार्यालय बन्द

कोरोना महामारी बढेसँगै त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन्। विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा प्रभावित भएका हुन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- कोरोना महामारी बढेसँगै त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन्। विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा प्रभावित भएका हुन्।

त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयबाट दिने सेवा मंगलबारदेखि शुक्रबारसम्म गरिएको छ। कर्मचारीहरू संक्रमित भएपछि केही दिनका लागि सेवा बन्द गरिएको डिन प्रा.डा. कुसुम शाक्यले बताइन्। 

मानिससँग प्रत्यक्ष सम्पर्क हुँदा जोखिम बढ्ने भन्दै  सेवा स्थगित गरिएको उनले बताएकी छन्। मानविकी संकायमा पनि सेवा रोक्ने तयारी गरिएको छ। 

शिक्षाशास्त्र संकायको डिन कार्यालय पनि तीन दिन बन्द भएर सोमबारदेखि सञ्चालनमा आएको छ। डिन प्रा. डा. चित्रबहादुर बुढाथोकीले बिरामी भएका कर्मचारी घरमा बस्ने र सक्नेबाट काम चलाउने गरी कार्यालय सुचारु भएको जानकारी दिएका छन्।

प्रकाशित: Jan 28, 2022| 07:50 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।