आइतबार, साउन ३१, २०८३

कोइला बालेर सुतेका दम्पती मृत फेला

काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- काठमाडौंको शंकरापुर नगरपालिकामा एक दम्पती मृत फेला परेका छन्। शंकरापुर-३ बोजिनी बस्ने ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीय फुलकुमारी थिङ बिहीबार मृत फेला परेका हुन्।

बुधबार राति खाना खाएर सुतेका उनीहरू बिहान बन्द कोठाभित्र मृत भेटिएका महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

थिङ दम्पती बिहान अबेरसम्म नउठेपछि जेठा छोरा सूर्यबहादुर थिङले ढोका फुटाएर हेर्दा उनीहरूलाई मृत भेटेका थिए।

प्रहरीका अनुसार कोठाभित्र कोइला बालिएको पाइएको छ। मृतकको शरीरमा अन्य कुनै बाहिरी चोटसमेत नरहेको प्रहरीले जनाएको छ। 

कोइला बालेकाले अक्सिजनको अभावमा निसास्सिएर उनीहरूको ज्यान गएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान थालिएको प्रहरी वृत बौद्धले जनाएको छ ।

प्रकाशित: Jan 28, 2022| 07:01 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।