काठमाडौं- अनशनरत डा गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ। संघले बिहीबार आकस्मिक सेवाबाहेक देशभरिका सबै अस्पताल बन्द गर्ने घोषणा गरेको छ।
।
आमरण अनशनरत डा. केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थिति मात्र सिर्जना गर्न वार्तामा बसेको हो कि भन्ने शंका पैदा भएको संघको भनाइ छ ।
संघले भनेको छ, 'सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दासमेत डा. केसीले जीवन त्याग्नुपर्ने परिस्थिति सिर्जना भयो भने त्यसभन्दा दुर्भाग्य केही हुन सक्दैन ।’
संघले भोलि बिहीबार देशभरका स्वास्थ्यसंस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय गरेको छ। सरकार गम्भीर नभए संघले आकस्मिकबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४